काठमाडौं, १ फागुन । तत्कालिन विद्रोही माओवादीले आज जनयुद्ध दिवस मनाउँदै गरेपनि त्यतिबेलाको र अहिलेको परिस्थीति फरक रहेको कम्युनिष्ट नेता लोकेन्द्र विष्ट मगरले बताउनु भएको छ ।
रेडियो देशान्तरको देशान्तर सम्बादमा कुरा गर्दै नेता विष्टले आफू अहिले नेकपाको कुनै पनि जिम्मेवारीमा नभएको र स्वतन्त्र माओवादी भएर बसिरहेको पनि बताए । सशस्त्र संघर्ष शुरु गर्दा गरिएका वाचाहरु पुरा गर्नका लागि वर्तमान नेतृत्व तयार नभए पछि आफू राजनीतिबाट अलग भएर आफू कृषि पेसामा फर्किएको पनि बताए ।
वर्गिय मुक्ति आन्दोलनको रुपमा रहे पनि सम्झौतामा टुंगिएकाले उपलब्धिहरु हासिल गर्न नसकिएको पनि बताए । सत्ता समिकरणको स्वार्थका कारण अहिले नेपालमा कम्युनिष्ट पार्टीनै नभएको विष्टको तर्क छ ।
प्रतिक्रिया