देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीप र सुशनको स्पिनमा अमेरिकी ब्याट्सम्यान टिकेनन्

देशान्तर

सन्दिप लामिछाने र सुसान भारीको घातक बलिङका कारण अमेरीका नेपाल विरुद्ध मात्र ३५ रनमा अलआउट भएको छ । एकदिवसिय क्रिकेटमा अमेरीका थोरै रनमा अलआउट हुने दोस्रो टिम भएको छ ।

यसअघि सन् २००४ मा जिम्बावे पनि ३५ रनमा अलआउट भएको थियो । तर कम ओभर खेलेर थोरै रनमा अलआउट हुने अमेरीका पहिलो टिम भएको छ । नेपाल विरुद्ध अमेरीका १२ ओभरमा मात्र ३५ रनमा समेटियो । खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको अमेरीका १० खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका जेभियर मार्सलले १६ रन बनाए । जुन टिमका लागि सर्वाधिक स्कोर थियो । अमेरीकाको पारीलाई ध्वस्त पार्न सन्दिप लामिछानेले ६ विकेट लिए ।

एकदिवसिय क्रिकेटमा नेपाली बलरले पाँच विकेटको हल लिएको दोस्रो पटक हो । यसअघि सोमपाल कामीले यूएई विरुद्ध दुबईमा भएको एकदिवसिय खेलमा ३३ रनमा पाँच विकेट लिएका थिए ।

तर सन्दिपले ६ ओभरमा एक मेडेन राखेर १६ रनमा ६ विकेट लिए । जुन नेपाली बलरले एकदिवसिय क्रिकेटमा लिएको उत्कृष्ट बलिङ फिगर हो । यस्तै सुसान भारील्े तीन ओभरमा एक मेडेन सहित पाँच रन दिएर चार विकेट लिए । नेपालले आजको एकै पारीमा दुई वटा रेकर्ड बनाएको छ । एउटा अमेरीकालाई कम स्कोरमा रोक्ने, थोरै ओभरमा विपक्षीको पारी समाप्त गर्ने रहेको छ ।