काठमाडौं, २७ माघ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले दोस्रो जीत दर्ता गरेको छ । एन्फा मैदान सातदोवाटोमा विहान भएको खेलमा एपीएफले फ्रेण्ड्स क्बलाई ५–२ गोल अन्तरले पराजित गर्दै तीन अंक थप गरेको हो । जीतसँगै १३ औं स्थानमा रहेको एपीएफको ८ अंक पुगेको छ । रेलिगेशन जोनमा रहेको सरस्वतीको ४ अंक छ ।
एक खेल कम खेलेको सरस्वती १२ औं चरणको खेलमा पनि पराजित भए रेलिगेशनमा पर्ने पक्का हुने छ । एपीएफलाई जिताउन आशिष लामा र प्रविनकुमार स्याङ्तानले दुई दुई गोल गर्दा टोपबहादुर विष्टले एक गोल गरेका थिए ।
फ्रेण्ड्सका लागि फिलिपे डी सुजा र विश्व अधिकारीले एक गोल फर्काए । आज दुई गोल गरेका एपीएफका आशिष लामा जारी लिगको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।
प्रतिक्रिया