देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१७ हजार कर्मचारी कारवाहीमा, ७५ करोड रुपैंयाँ जरिवाना

देशान्तर

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने १७ हजार १ सय २७ जनालाई कारबाही गरी ७५ करोड रुपैंयाँ जरिवाना गरेको छ ।

आर्थिक वर्ष २०७५/२०७६ मा ५ लाख ४ सय ४८ कर्मचारीमध्ये १७ हजारलाई जरिवाना गर्दा उक्त रकम संकलन भएको हो । सम्पत्ति विवरण नबुझाउनेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्ने ब्यवस्था छ ।

केन्द्रले विवरण नबुझाउनेको विवरण संकलन गरी कारवाही गर्न आयोगमा सिफारिस गर्ने र आयोगले कारवाही गर्ने ब्यवस्था छ । तथ्यांकअनुसार सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा धेरै संघअन्तर्गतका सार्वजनिक पद धारण गरेका व्यक्ति छन् । -नेपाल समाचारपत्र दैनिकबाट