नेपालगन्ज मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका विद्यार्थीसँग सरकारले तोकेभन्दा ३ लाख रुपैयाँ बढी शुल्क मागेको छ ।
भर्ना भएका विद्यार्थी तथा उनीहरूका अभिभावकका अनुसार भर्ना शुल्कबापत १४ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ कलेजलाई बुझाएको भए पनि कलेजले व्यवस्थापनका लागि भन्दै थप ३ लाख रुपैयाँ मागेको हो । कलेजले अतिरिक्त शुल्क मागेपछि आइतबार पीडित विद्यार्थी तथा अभिभावकले जिल्ला प्रशासन कार्यालय पुगेर कारबाहीका लागि निवेदन दिएका छन् ।
‘भर्ना शुल्क बुझाउँदा पनि विद्यार्थीलाई होस्टलमा पस्न दिइएन,’ अभिभावक महेश पौडेलले भने, ‘नियमअनुसार शुल्क बुझाएका छौं । गैरकानुनी रूपमा मागेको पैसा बुझाउँदैनौं ।’ कलेजको नियमित पठनपाठन आइतबारदेखि सुरु भइसकेको छ । अतिरिक्त शुल्क नबुझाएका ३९ जना विद्यार्थीलाई कक्षामा पस्न दिइएको छैन । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया