वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै एकता प्रक्रियामा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच अविश्वास बढेको छ । समाजवादी सरकारबाट बाहिरिएसँगै राजपाले बढाएको सत्ता निकटताले अविश्वास बढाएको हो ।
गहिरो अविश्वासबीच पनि दुवै दलका नेताहरूले एकताबाट वैकल्पिक शक्ति निर्माण हुने दाबी गरेका छन् । राजपा नेता राजेन्द्र महतोले राष्ट्रिय सभा चुनावका लागि नेकपासँग भएको गठबन्धनको औचित्य सकिइसकेको र आफूहरू एकीकरण अभियानमै रहेको बताए ।
‘हामी एकीकरणकै अभियानमा छौं,’ उनले भने, ‘नेकपासँग भएको गठबन्धन राष्ट्रिय सभाको निर्वाचनसँगै अन्त्य भएको छ, सरकारमा जाने कुनै योजना छैन ।’आगामी निर्वाचनअघि नेकपा र कांग्रेसलाई चुनौती दिने गरी सशक्त शक्ति निर्माण गर्ने बताए । उनी नेपालजस्तो मुलुकमा एउटै दलको बहुमत या दुई तिहाइको सरकारले राजनीतिक स्थायित्व र विकास दुवै दिन नसक्ने दाबी गर्दै उनले वैकल्पिक शक्तिको आवश्यकतामा जोड दिए ।
प्रतिक्रिया