काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युवा क्लबले ब्रिगेड व्वाइज क्लबमाथि संघर्षपूर्ण जित हात पारेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा जावलाखेलले ब्रिगेडलाई १–० गोल अन्तरले पाजित गरेको हो ।
जावलाखेलका लागि सुजित बुढाथोकिको गोल निर्णायक बन्यो । उनले खेलको ३२ औं मिनेटमा गोल गरेका थिए । आजको खेलमा जावलाखेलका खेलाडीले ‘फेयर गेम’ खेलेका छन् । यसलाई रेफ्रिले दिने कार्डका आधारमा हेर्न सकिन्छ । ब्रिगेडका दुई खेलाडीले पहेंलो कार्ड पाउँदा जावदाखेलका खेलाडीलाई रेफ्रिले कार्ड देखाएनन् ।
जीतसँगै जावलाखेल लिगको सातौं स्थानका उक्लिएको छ । जावलाखेलले १० मा ४ जीत ३ खेल बराबरी र ३ खेलमा पराजित हुँदा १५ अंकसहित सातौं स्थानमा रहेको छ । पराजित ब्रिगेडलाई भने रेलिगेसनको पिरलो छ । उसले अहिलेसम्म १० खेलमा जम्मा ८ अंक जोडेको छ ।
ब्रिगेडभन्दा तलका टोलीको जम्मा ४ अंकको फरक छ । पुछारमा रहेको सरस्वती युवा क्लबको मात्रै ४ अंक रहेको छ । लिगको शीर्ष स्थानमा भने २३ अंक रहेको विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब रहेको छ भने उसलाई मछिन्द्र क्लब २२ अंकसहित पछ्याइरहेको छ ।
प्रतिक्रिया