देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या ३०४ पुग्यो

देशान्तर

विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा ३०४ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने १४ हजार पुगेको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिक रुपमा यस सम्बन्धि विवरणहरु सार्वजनिक गर्ने गरेको छ। आयोगले बिरामी भएका मध्ये १७ सय ९५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । अन्य १७ हजार ९ सय ८८ जनालाई पनि कोरोना भाइरसकै सङ्क्रमण भएको आशंकामा परिक्षण गरिएको छ । उनीहरुको परिक्षणको नतिजा भने आइ नसकेको अधिकारीहरुले जनाएका छन्।

बिरामी भएका मध्ये कुल २ सय ४३ जनालाई उपचारपछि अस्पतालबाट फिर्ता गरिएको स्वास्थ्य आयोगले जनाएको छ। आयोगका अनुसार शुक्रबार मात्रै २१ सय २ जना नयाँ सङ्क्रमित भेटिएका छन् भने ५ हजार १९ जनालाई शंकाको घेरामा राखेर परिक्षण भइरहेको छ। त्यसैगरी शुक्रबार मात्रै थप ४६ जनाको मृत्यु भएको छ, ती मध्ये ४५ जना हुवेइ प्रान्तमा र एक जना चोङक्वीङ नगरपालिकामा मृत्यु भएको हो।

स्वास्थ्य अधिकारीहरुले शुक्रबार २ सय ६८ जना गम्भीर विरामी थपिएको जानकारी दिएका छन् भने त्यही दिन ७२ जना उपचारपछि घर फर्किएका छन् । चीनकोे मध्य क्षेत्रमा पर्ने उहान शहरमा सवैभन्दा पहिले देखिएको कोरोना भाइरसको संक्रमण अहिले संसारका दुई दर्जनभन्दा बढी देशहरुमा फैलिइसकेको छ।