वेष्टह्याम युनाइटेडलाई हराउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा १९ अंकको अग्रता लिएको छ । वेष्टह्यामको मैदानमा भएको २४औं चरणको खेलमा लिभरपुलले घरेलु टोलीलाई २–० ले हराउँदै मोहमद सलाह र एलेक्स ओक्लाड च्याम्बरलिनले एक एक गोल गरे ।
३४औं मिनेटमा इस्ला डिओपले लिभरपुलका डिभोक ओरिगीलाई फल गेका कारण लिभरपुलले पेनाल्टी पायो । जुन पेनाल्टीलाई मोहम्मद सलाहले गोलमा परिणत गरे ।
५२औं मिनटमा च्याम्बरलिनले गोल गरेपछि लिभरपुलले दुई गोलको अग्रता लियो । त्यसपछि पनि मोहम्मद सलाहले गोल गर्ने राम्रो अवसर पाएका थिए । तर, उनको प्रहार पोस्टमा लागेर फर्किन पुग्यो ।
जितसँगै लिभरपुलले २४ खेलबाट ७० अंक बनाएको छ । २४ खेलमा लिभरपुलको २३औं जित हो । एउटा खेल बराबरी भएपनि लिभरपुलले पछिल्लो १५ खेल हारेको छैन ।
सन् १९९० को उपाधि जितेपछि १८ पटकको लिग च्याम्पियन लिभरपुलले उपाधि जित्न सकेको छैन । तर, यो संस्करणमा दोस्रो स्थानको म्यान्चेष्टर सिटीलाई १९ अंकले पछि पारेपछि लिभरपुलको कीर्तिमानसहितको उपाधि जित्ने अभियान करिब करिब सफल भएको छ ।
प्रतिक्रिया