ललितपुर, १५ माघ। सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणमा आज पुर्व विजेता मनाङ र उपविजेता संकटा क्लब आमने सामने हुँदैछन् ।
आज आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक खेल मात्रै हुने बताएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एक मात्रै खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
लिगमा अपराजित रहेको मनाङ संकटाविरुद्ध जित निकाल्दै उपाधि होडमा बलियो बन्न चाहन्छ ।
लिगमा ८ खेल खेलेको संकटाको १२ अंक रहेको छ । मनाङलाई पराजित गरेको खण्डमा संकटा पाँचौं स्थानमा उक्लने छ ।
प्रतिक्रिया