काठमाडौं । सरकारले नै उखु किसानलाई अनुदानको रकम उपलब्ध गराउन आनाकानी गरेको पाइएको छ ।
किसानका विषयमा प्रमाण पुष्टि हुने कागजात नमिलेको कारण कतिपय जिल्लाका किसानलाई अनुदानबापतको रकम भुक्तानी नगरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव डा। युवकध्यज जीसीले आवश्यक कागजात नपुगेका कारण अनुदान कोष तथा लेखा नियन्त्रक कार्यालय ‘कोलेनिका’ मा थन्किएको बताए ।
उनका अनुसार एक अर्ब ३४ करोड अनुदान रकम वितरण गर्नुपर्नेमा अर्थ मन्त्रालयबाट ९२ करोड ८० लाख रुपैयाँ निकासा भएको थियो ।
निकासा भएको रकम ६ महिनाअघि आठ जिल्लाका भुक्तानी समितिलाई उपलब्ध गराइएको थियो । सरकारले किसानलाई उखुखेती प्रोत्साहन अनुदानबापत प्रतिक्विन्टल ६५ रुपैयाँ उपलब्ध गराउँछ ।
कागजात मिलेको आधारमा ५५ लाख रुपैयाँ अनुदान भुक्तानी गरिएको छ । बाँकी ९२ करोड ३० लाख रुपैयाँ कोलेनिकाकै खातामा थन्किएको सचिव जीसीले बताए ।
प्रतिक्रिया