देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाकालीमा मौका छोप्दै भारत, धमाधम संरचना निर्माण

देशान्तर

दार्चुला । चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ ।

पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरी अतिक्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै एक पक्षीय रूपमा संरचना बनाएको हो ।

व्यास गाउँपालिका १ पेल्सिति नजिकै महाकालीमा भारतले अनुमतिबेगर काठेपुल बनाएको छ ।

महाकाली नदी नै प्रभावित हुने गरी भिर कटान गरेर सडक बनाउने कामलाई पनि भारतले तीव्र पारेको छ ।

०७४ सालमा पनि भारतीय पक्षले महाकाली नदीमा नेपालको अनुमति नलिईकनै विभिन्न ठाउँमा काठेपुल बनाउनाका साथै नेपाली भूमिमा एक्साभेटर चलाएको थियो ।

चिसोका कारण यतिबेला व्यास गाउँपालिका २ दुम्लिङभन्दा माथिको क्षेत्रमा बसोबास छैन । व्यासको छेरुङसम्मै आवतजावत गरिरहेका नेपाली हिमपातपछि तल्लो भेगमा सरेका छन् ।-कान्तिपुर दैनिकबाट