काठमाडौं । प्रभु बैंक लिमिटेडले सर्लाहीको मलंगवामा २०१ औं शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकको मलंगवा शाखाको समुद्घाटन गर्दै बिहीबार मलंगवा नगरपालिकाका मेयर निरसल साहले प्रभु बैंकले सर्वसाधारणको घर आँगनमा सरल र सहज बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय काम गरेको बताए ।
बैंकको मलंगवा शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया