एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुसर्रफलाई इस्लामावादको विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । मुसर्रफलाई संविधानको अवहेलना र देशद्रोहको आरोपमा उक्त सजाय सुनाइएको हो ।
यस्तो आरोपमा मृत्युदण्डको फैसला सुनाइएको मुसर्रफ पहिलो पाकिस्तानी हुन् । मुसर्रफ अहिले दुबईमा उपचार गराइरहेका छन् । उनले सन् २०१६ मा उपचारार्थ देश छाडेका थिए ।
एक साताअघि मात्र एक भिडियो सार्वजनिक गर्दै मुसर्रफले सैनिक र शासकका रुपमा देशका सेवा गरेको भन्दैं देशद्रोहको आरोप निराधार रहेको बताएका थिए । सन् २०१३ पाकिस्तान मुस्लिम लिग (नवाज) सत्तामा आएपछि मुसर्रफमाथि यस्तो मुद्दा दायर गरिएको थियो ।
सन् १९९९ मा सैन्य विद्रोह गरि सत्तामा हातमा लिएका मुसर्रफले महाअभियोगका आरोप छल्न २००८ मा राजीनामा दिएका थिए ।
प्रतिक्रिया