देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्याज किन्ने लाइनमा बस्दा-बस्दै एकजनाको मृत्यु

देशान्तर

नयाँ दिल्ली । पछिल्लो समय नेपालमा प्याजको भाउले आकाश छोइरहेको बेलामा भारतमा एक जना ५५ वर्षीय व्यक्तिको प्याज किन्न लाइनमा बस्दा बस्दै मृत्यु भएको छ ।

घटना गएको सोमबारको हो । उनी आन्ध्रप्रदेशको स्थानीय गुडीभाडा रितु बजारमा प्याज किन्न लाइनमा बसेका थिए । ती व्यक्तिको नाम सम्बिय भएको जनाइएको छ । उनलाई हतार हतार अस्पताल लगिएकोमा बाटैमा मृत्यु भएको थियो ।

प्रहरीले उनलाई कार्डियाक एरेस्ट भएको जनाएको छ । प्रहरीले ती व्यक्ति रितु बजारमा बेहोस भएको जनाउँदै उनलाई हृदयाघात भएको उल्लेख गरेको छ ।
उनी प्याज किन्ने लाइनमा बसेको ५ मिनेटमै ढलेका थिए ।

भारतमा खुला बजारमा प्याजको मूल्य प्रतिकेजी २ सय रुपैयाँ सम्म पुगेको छ ।

-एजेन्सी