काठमाण्डौं । नेपालमा भर्खरै मात्र सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीहरुलाई आज (शुक्रबार) नगर परिक्रमा गराइँदै छ । मंगलबार काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९० कांस्यसहित २ सय ६ पदक जितेको छ ।
पदक विजेता खेलाडीहरुलाई आज बिहान ११ बजे त्रिपुरेश्वरको दशरथ रंगशालाबाट नगर परिक्रमा गराइने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिए ।
त्रिपुरेश्वरबाट सुरु हुने परिक्रमा न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे राधे, सल्लाघारी, सूर्यविनायक पुग्नेछ ।
पुनः सल्लाहघारी, राधे राधे, नयाँ थिमि, जडिबुटी, कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै राखेप प्राङ्गणमा आएर परिक्रमा टुंगिने छ ।
यस अघि सरकारले पदक विजेता खेलाडीहरुलाई विभिन्न प्याकेज घोषणा गरिसकेको छ ।
प्रतिक्रिया