देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले स्वर्ण विजेतालाई ९ लाख दिने

देशान्तर

काठमाडौं ।  १३औं सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई सरकारले नौ लाख रुपैयाँ दिने भएको छ । त्यस्तै रजत जित्नेलाई ६ र कास्य जित्नेलाई तीन लाख दिने भएको छ । आज सागका पदक विजेता खेलाडीलाई बोलाएर प्रधानमन्त्री केपी ओलीले आफ्नै निवासमा यो घोषणा गर्नुभएको हो । मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको छ ।

यसैविच तरुण दलले दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई २५ लाख उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले स्वर्ण जित्नेलाई २५ लाख, रजत जित्नेलाई १५ लाख र कांस्य जित्नेलाई १० लाखका दरले पुरस्कारको व्यवस्था गरी खेलाडी र खेलप्रति सम्मान गर्न सरकार र खेलकुद परिषद्लाई आग्रह गर्नुभएको हो । अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तिमा देशको इज्जत बचाउन महत्वपूर्ण योगदान पु¥याएकोमा धन्यवाद स्वरुप पुरस्कृत गर्नुपर्ने उल्लेख छ । १३ औँ सागको आयोजना गरेको नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै दोस्रो भएको थियो । बस्नेतले साग आयोजना गर्दा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले भ्रष्टाचार गरेको आरोपसमेत लगाउनुभएको छ ।