न्यूजील्याण्ड । न्युजील्याण्डमा सोमबार भएको ज्वालामुखी विस्फोटमा परि ५ जनाको मृत्यु भएको छ । अन्य ८ जना हराइरहेका छन् ।
प्रहरीले मृतकको संख्या पुष्टि गरेको छ । सोमबार ह्वाइट आइल्याण्डमा पर्यटकहरु घुम्न गएकै बेलामा ज्वालामुखी विस्फोट भएको थियो ।
३४ मानिस बच्न सफल भएका छन् भने ३१ जनाको अझै अस्पतालमा उपचार भइरहेको जनाइएको छ । न्यूजील्याण्डस्थित बेलायती हाइ कमिस्नर लाउरा क्लर्कका अनुसार उपचार भइरहेकामा दुई जना बेलायती महिला पनि छन् ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनकाअनुसार मृत्यु भएका ५ जना मध्ये ३ जना अष्ट्रेलियन नागरिक भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया