देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘जलपरी’ गौरिकाको एकै सागमा ४ स्वर्णको किर्तिमान, नेपालको स्वर्ण संख्या ४९ पुग्यो

देशान्तर

काठमाडौं । मंसिर १५ गतेदेखि सुरु १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’ अन्तर्गत पौडीमा नेपालकी जलपरी गौरिका सिंहले कीर्तिमानी चौंथो स्वर्ण पदक जितेकी छिन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा आज (सोमबार) गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । स्वर्ण जित्ने क्रममा गौरिकाले ५८.१३ सेकेण्डको समय निकालिन् । यो संगै गौरिकाले एकै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी छिन् ।

दिपक बिष्टको कीर्तिमानमा बराबरी

१७ वर्षीय ओलम्पियन गौरिकाले साग खेलकुदको इतिहासमा नेपालका लागि सर्वाधिक ४ स्वर्ण जित्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेकी छिन् । उनले तेक्वान्दोका दिपक बिष्टको कीर्तिमान बराबरी गरेका हुन् ।
दिपकले चार संस्करणमा ४ स्वर्ण जितेका छन् । तर, गौरिकाले भने एकै संस्करणमा दिपकलाई भेट्टाकि हुन ।

गौरिकाले ४ स्वर्णसहित २ रजत र २ कास्य पनि जितिन् ।

गौरिकाको स्वर्णसंगै नेपालको स्वर्ण संख्या ४९ पुगेको छ ।

गौरिकाको स्वर्णहरु;
४ सय मिटर फ्रिस्टाइल
२ सय मिटर ब्याकस्ट्रोक
२०० मिटर फ्रिस्टाईल
१०० मिटर फ्रिस्टाइलमा