काठमाडौं । भारतसँग पराजित भएपछि नेपाली महिला टोलीका प्रशिक्षक हरि खड्काले पदबाट राजिनामा दिएका छन् ।
सोमबार १३ औं सागमा भारतबाट २–० ले पराजित भएपछि खड्काले नैतिकताका आधारमा राजिनामा दिएका हुन् ।
“स्वर्णपदकका लागि हामीले भारतलाई हराउन सकेनौं । त्यसैले नैतिकताका आधारमा म राजिनामा दिन्छु”, खेलपछि पत्रकारसँग कुरा गर्दै खड्काले भने ।
फाइनलमा भारतसँग हारपछि नेपाल रजत पदकमा सिमित भएको छ । खड्काकै प्रशिक्षकत्वमा गतवर्ष भारतमा सम्पन्न प्रतियोगितामा नेपालले भारतलाई पहिलोपटक पराजित गरेको थियो । गत फागुनमा भएको अर्को साफमा भने नेपाल भारतसँग पराजित भएको थियो ।
खड्का गतवर्ष जेठमा राष्ट्रिय महिला टोली प्रशिक्षकमा नियुक्त भएका थिए ।
प्रतिक्रिया