देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साग फुटबलमा नेपालले माल्दिभ्सलाई २-१ हरायो, फाइनल पुग्ने सम्भावना बलियो

देशान्तर

काठमाण्डौं । १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई हराएको छ । आज शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।

खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १-० को अग्रता दिलाएका थिए । तर, नेपालले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलमा ५१ औं मिनेटमा डिफेन्डर अनन्त तामाङले कर्नर बलमा हेड गोल गर्दै नेपाललाई २-१ को जित दिलाए ।

जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना बलियो भएके छ । माल्दिभ्सको भने स्वर्ण सम्भावना सकिएको छ ।

नेपालले ३ खेलमा ७ अंक जोडेको छ । र, नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले स्वर्ण पदकका लागि खेल्नेछ ।