नेपाली मुलकी फुटबलर अस्मिता आले मगर व्यवसायिक खेलाडीको रुपमा इन्ग्लिश क्लब एस्टन भिल्लामा अनुबन्धित भएकी छिन् । एस्टन भिल्लाको उमेर समूहको टिममा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको अस्मिताले शुक्रबार क्लबसँग औपचारिक सम्झौता गरेकी छिन् ।
१८ वर्षे डिफेन्डर अस्मिता ८ वर्षको उमेरमा क्लबको एकेडमीमा आबद्द भएकी थिइन् ।
सम्झौतापछि अस्मिताले पेशाको रूपमा फुटबल खेल्ने आफ्नो सपना भएको र क्लबमा अनुबन्धित हुँदा खुशी लागेको बताइन ।
अस्मिताले २०१७र१८ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबका खेलाडी, म्यानेजमेन्ट र समर्थकलाई प्रभावित पारेकी थिइन् ।
इंग्ल्याण्डमा बसोबास गर्दै आइरहेकी अस्मिताले इंग्ल्याण्डको यू-१९ राष्ट्रिय फुटबलमा टिमका मुख्य खेलाडी हुन् ।
प्रतिक्रिया