काठमाण्डौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत पुरुष भलिबलमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा आज ९शुक्रबार० भारतसंग प्रतिस्पर्धा गर्दै छ । नेपालको समूह चरणको अन्तिम खेलमा दक्षिण एसियाली भलिबलको पावर हाउस भारतसंग खेल्न लागेको हो ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
समूह एको पहिलो खेलमा नेपाली टिम बंगलादेशसंग पराजित भएको थियो । त्यसैले नेपाललाई सेमिफाईनलको आश जिवित राख्न भारतलाई जित्नै पर्ने दबाब छ ।
नेपालले १३ औ सागमा पदकको आश राखेको थियो । तर पहिलो खेलमै बंगलादेशसंग पराजित भएपछि नेपालको पदक सम्भावना पातलो बनेको छ ।
आजै हुने समूह बीको खेलमा श्रीलंका र माल्दिभ्स राति साँझ ७ बजे भिड्नेछन् ।
प्रतिक्रिया