काठमाण्डौं । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको महिला भलिबलमा नेपालले आज बिहिबार दोस्रो खेल खेल्दैछ । समूह चरणको दोस्रो खेलमा नेपालले प्रतियोगिताकै बलियो टिम भारतसंग खेल्न लागेको हो । खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ ।
हिजोको खेलमा बंगलादेशलाई हराएर सेमिफाईनल नजिक पुगेको नेपाली महिला टिमको वास्तविक परिक्षा आज हुनेछ ।
भारतलाई हराउँदै नेपालले महिला भलिबलमा स्वर्ण जित्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया