काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले कर प्रशासनमा स्वच्छता कायम गर्न आग्रह गरेका छन् ।
आठौं राष्ट्रिय कर दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रलाई औपचारिक बनाउन अनौपाचारिक क्षेत्रलाई पनि करमा समावेश गरिएको भन्दै जनताले तिरेको कर जनताकै हितका लागि प्रयोग गरिएको बताए ।
जनताले तिरेको करको उपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्री खतिवडाले इलेक्ट्रोनिक कर प्रणाली भित्र्याउन आवश्यक रहेकोमा जोड दिए ।
स्वच्छ कर प्रशासन : विकास र सुशासन भन्ने मूल नाराका साथ मनाइएको कर दिवसमा सहभागी व्यवसायीहरुले सरकारले करको दर र दायरा दुवै असीमित ढंगबाट बढाएको आरोप लगाए ।
कर तिरे अनुसारको सेवा सुविधा नपाएको उनीहरुको भनाइ थियो । कार्यक्रममा उत्कृष्ट करदाता र कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया