काठमाडौं । नेपाली मुलकी अस्मिता आले मगर इंग्ल्याण्डको यू-१९ राष्ट्रिय फुटबलमा टिममा परेकी छिन् । युइएफए वुमन्स यु-१९ च्याम्पियनसिप छनोटका लागि इंग्ल्याण्डले घोषणा गरेको टिममा डिफेन्डर अस्मिता परेकी हुन् ।
एस्टन भिल्लाबाट खेलिरहेकी अस्मिता छनोट अन्तर्गत साइप्रस, बेलारुस र सर्वियासँगको खेलका लागि टिममा परेकी हुन् ।
पूर्व गोरखा सैनिकको छोरी १७ वर्षीय अस्मिताले इंग्ल्याण्डको यू-१६ टोलीबाट समेत खेलिसकेकी छिन् ।
सेन्टर डिफेन्डर अस्मितालाई यतिबेला इंग्ल्याण्ड महिला टिमको भविष्यका स्टार खेलाडीका रुपमा पनि हेरिन थालिएको छ ।
अस्मिता आले, भुतपूर्व नेपाली ब्रिटिस आर्मी अमृत आलेकी छोरी हुन् । नेपाली समुदायलाई इंग्ल्याण्डको फुटबलमा परिचित गराउने पहिलो महिला खेलाडी बनेकी अस्मिताले निकै सानो उमेरदेखि खेल्न थालेकी थिइन् ।
प्रतिक्रिया