युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोना बिजयी भएको छ । आज (बिहिबार) बिहान भएको खेलमा बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा क्याम्प नाउमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुइ गोल गरे ।
खेलको तेस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै पाहुना टोलि इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा स्वारेज चम्किए ।
५८ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । त्यसपछि खेलको ८४ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।
जितसँगै समूह ‘एफ’ को बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । १ अंक जोडेको इन्टर तेस्रो स्थानमा रहेको छ । यस समूहमा ४ अंक जोडेको डर्टमण्ड शीर्ष स्थानमा रहेको छ । १ अंक जोडेको स्लाभिया पुछारमा रहेको छ ।
प्रतिक्रिया