बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले देशमा कानुनी राज्य छ भन्ने स्थापित गर्नका लागि र निर्मला पन्तको केसमा गुमिसकेको विश्वास फेरि जगाउनका लागि यो काममा सरकार र प्रशासन लाग्नुपर्छ ।
कानुन सबैका लागि समान भएको बताउँदै उनले अनुसन्धानमा संलग्न प्रहरीहरुलाई दबाव र प्रभावमा नपरी चनाखो भएर काम गर्न सुझाव दिए । अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उनको भनाइ थियो ।
नेता सिंहले भने, ‘सभामुखको व्यक्तित्व प्रस्तुत गर्न उहाँ चुकिसक्नु भएको छ । नेकपाको नेता भएपछि जे मन लाग्यो त्यही गर्न पाउने ? महिलालाई दुर्व्यवहार गर्ने ? ढाकछोप गरेर कानुनभन्दा माथि नेकपाका नेता–कार्यकर्ता हुने ? यो हुनै सक्दैन ।’एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि नेकपा नेता महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए ।
प्रतिक्रिया