देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप

देशान्तर

काठमाण्डौं । सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन्। तीनकुनेस्थित कोठामा आएर उनले आइतबार राति मदिराले मातेको सुरमा दुर्व्यवहार गरेको ती महिलाको दाबी छ। मदिराले मातेर कुटपिट गरी आफूलाई सभामुखले जर्बजस्ती गरेको उनको आरोप छ।

सभामुखमाथि यौन दुर्व्यवहारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोल्पा स्थायी ठेगाना भएकी हुन्।

सत्यता नरहेकाले भ्रममा नपर्न सबैलाई आग्रह
सभामुख कृष्णबहादुर महराको सचिवालयले भने आपत्ति जनाउँदै त्यसमा सत्यता नरहेकाले भ्रममा नपर्न सबैलाई आग्रह गरेको छ । सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै सभामुख महरालाई सुनियोजित र योजनाबद्द रुपमा फसाउन खोजिएको उल्लेखछ ।

कर्मचारी समायोजनमा चित्त नबुझ्दा महिला कर्मचारीले सभामुखको बारेमा पुरै गलत, कपोकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखसमेत दुखित र आश्चर्यचकित हुनुभएको विज्ञप्तिमा उल्लेख छ । सभामुखको बारेमा गरिएको अनर्गल प्रचारबाजी क्षम्य नरहेको पनि विज्ञप्तिमा भनिएको छ ।