काठमाडौँ – प्रहरीले झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्नेबाट विप्लव समूहले भण्डारण गरी राखेको विष्फोटक पदार्थ बरामद गरेको छ ।
चियाको बोटमा हाल्ने औषधि हो भनी लुकाई छिपाई राखेको अवस्थामा २५ केजी विष्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
करिब एक महिनाअघि उक्त स्थानमा विष्फोटक पदार्थ लुकाएर राखेको खुलेको प्रहरीको भनाई छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया