काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द प्यानल जिवयी भएको छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा आज (शनिबार)सम्पन्न विशेष साधारण सभाबाट अध्यक्षमा चन्द निर्वा्चित भएका हुन् ।
अध्यक्षका अर्का प्रत्यासी विनय राज पाण्डेलाई बहुमत मतले हराएर चन्द अध्यक्षमा निर्वा्चित भएका हुन् । ५९ प्रतिनिधि रहेको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गरे । पाण्डेले १५ मत प्राप्त गरे ।
अन्य पदाधिकारीमा समेत चन्द प्यानलले बहुमत प्राप्त गरेको छ । १७ सदस्सीय कार्यसमिति रहेको संघको उपाध्यक्षमा चन्द प्यानलका राजुबाबु श्रेष्ठले ४१ मत पाएर निर्वा्चित भए । संघको सचिवमा चन्द प्यानलका अशोकनाथ प्याकुरेल ४३ मत पाउँदै निर्वा्चित भए । कोषाध्यक्षमा चन्द प्यानलका रोशन कुमार सिंह ४५ मत पाएर निर्वा्चित भए ।
निर्वाचनमा जिल्ला र प्रदेशबाट आएको ५९ प्रतिनिधिले मतदान गरेका थिए । आईसीसीले निलम्बन गरेको झण्डै साढे ३ वर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो । क्यानमा नयाँ नेतृत्व आएसँगै क्यान निलम्बनको ढोका खुलेको छ ।
प्रतिक्रिया