काठमाण्डौं । वर्तमान केपी ओली नेतृत्वको सरकार नेपालको इतिहासमै सबैभन्दा असफल सावित भइसकेको काग्रेसले दावी गरेको छ । पूर्वप्रधानमन्त्री एवंम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा असफल सावित भइसकेको दावी गरेका हुन ।
सभापति देउवाले व्यापारीहरुलाई आजित बनाउने गरी कर बढाएको, जनतालाई दशैंमा सामान किनमेल गर्न समेत नसक्ने गरी महंगी बढाउने काम सरकारले गरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।
वडा दशैंको अवसर पारेर पार्टीले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनता, उद्योगी, व्यापारी सबै ओली नेतृत्वको वर्तमान सरकारसँग आजित भइरहेको दावी पनि गरे ।
सभापति देउवाले प्रजातन्त्र विरोधी सरकारका कुनै पनि गतिविधि सैह्य नहुने चेतावनी दिए । उनले पार्टी भित्रको अन्तरघातकै कारण निर्वाचनमा हार व्यहोर्नु परेको उल्लेख गर्दै अन्तरघातमुक्त पार्टी निर्माणमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।
कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले आगामी निर्वाचनमा कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार ढाल्ने गरी पार्टीको काममा लाग्न नेता, कार्यकर्तालाई आग्रह गरे ।
यस्तै, काँग्रेस नेता गगनकुमार थापाले सरकारले दुई तिहाईको तरबार देखाएर न्यायालयलाई समेत तर्साउने काम गरिरहेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिए । नेता थापाले सरकारले लोकतन्त्र विरोधी गतिविधिलाई अघि बढाएकाले त्यसको विरोध गर्नु परेको पनि स्पष्ट पारे ।
प्रतिक्रिया