देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक श्रेष्ठद्धारा राजीनामा

देशान्तर

काठमाडौं । नेपाली यू-१८ फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् । साफ यू-१८ च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शनको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका हुन् ।

श्रेष्ठ २०७५ सालमा एन्फा एकेडेमीको यू-१८ टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । श्रेष्ठले राजीनामा पत्र बुझाएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए ।

अघिल्ला दुई संस्करणमा च्याम्पियन बनेको नेपाल हाल जारी यू-१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

मंगलबार हलचोकस्थित एपीएफ मैदानमा भएको समूह ‘ए’ को अन्तिम खेलमा भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

नेपालले पहिलो खेलमा माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको थियो भने भुटानसंग ३–० ले हारेको थियो ।