काठमाडौं । साफ यू–१८ च्याम्पियनसिपको तेस्रो संस्करण आज (शुक्रबार) सुरु हुदैछ । उद्घाटन खेलमा साविक विजेता आयोजक नेपालले माल्दिभ्ससंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । खेल दिउँसो ११ बजे एपीएफको हलचोक मैदानमा सुरु हुनेछ ।
समुह एमा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसंग खेल्नेछ । समुह बीमा रहेको भारत, श्रीलंका र बंगलादेश छन् । समुहका शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्नेछन् ।
उपाधिमा नेपाललाई ह्याट्रिक गर्ने सुनौलो मौका;
यसअघि नेपाल र भुटानमा भएको अघिल्ला दुई संस्करणको प्रतियोगिता नेपालले जितेको थियो । त्यसैले नेपाललाई उपाधिमा ह्याट्रिक गर्ने सुनौलो अवसर पनि रहेको छ ।
सहज समुहमा परेको नेपाललाई सेमिफाईनल पुग्न कठिन हुने छैन । सेमिफाईनल प्रवेश गरेपछि नेपालले कडा प्रतिद्वन्दी भारत र बंगलादेशसंग खेल्नुपर्नेछ ।
मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपको उपाधि जित्दै प्रतियोगितामा ह्याट्रिक गर्ने बताए ।
प्रतिक्रिया