च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमै लण्डन क्लब चेल्सी स्पेनिस क्लब भ्यालेन्सियासंग पराजित भएको छ । आज (बुधबार) बिहान घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सिका रोस बार्कली पेनाल्टीमा चुक्दा भ्यालेन्सियासंग १–० गोल अन्तरले पराजित हुन पुगेको हो ।
समुह एचको खेलमा पाहुना टोली भ्यालेन्सियालाई जिताउन रोड्रिगोले ७४ औ मिनेटमा गोल गरेका थिए ।
चेल्सीले फर्ममा रहेका खेलाडी मेसन माउन्टलाई चोटका कारण सुरुवातमै गुमाउन पुग्यो । खेल सकिन चार मिनेट अगाडी पेनाल्टीमार्फत खेलमा फर्कने अवसर लण्डन क्लबले पाएको थियो ।
तर वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्कली गोल गर्न असफल रहे ।
प्रिमियर लिगको पछिल्लो खेलमा ह्याट्रिक गरेको टमी अब्राहमले च्याम्पियन्स लिगको सिजनको पहिलो खेलमा प्रभाव जमाउन असफल रहे ।
प्रतिक्रिया