ईटालियन क्लब नापोलीले साविक विजेता लिभरपुललाई हारको स्वाद चखाएको छ । आज (बुधबार) बिहान भएको च्याम्पियन्स लिगको पहिलो खेलमै लिभरपुल ईटालियन क्लब नापोलीसंग २–० गोल अन्तरले पराजित भएको हो ।
नापोलीको घरेलु मैदानमा अन्तिम ८ मिनेटमा दुई गोल ब्यहोर्दै लिभरपुलले च्याम्पियन्स लिगमा खराब सुरुवात गरेको छ ।
समुह ई अन्तर्गतको खेलमा लिभरपुललाई स्तब्ध बनाउन मार्टिनेज र लोरेन्टीले समान एक एक गोल गरे ।
८२ औ मिनेटमा मार्टिन्सले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । लोरेन्टीले ईन्जुुरी समयमा गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।
सन् १९९४ मा एसी मिलानसंग पराजित भएपछि पहिलो पटक लिभरपुल च्याम्पियन्स लिगको पहिलो स्तब्धपुर्ण नतिजा निकालेको हो ।
प्रतिक्रिया