लामो समय चोटका कारण मैदान बाहिर रहेका बार्सिलोनाका कप्तान लियोनल मेस्सी टिममा फर्किएका छन् । मेस्सी आजै (मंगलबार) राति हुने च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा मैदानमा हुने छन् । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा मंगलबार राति अवे मैदानमा जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
बार्सिलोनाका कप्तान मेस्सीले पछिल्लोपटक गएको जुलाईमा खेलका थिए । कोपा अमेरिका फुटबल अर्जे्न्टिनाका लागि खेलेका मेस्सीले यो सिजन बार्सिलोनाका सुरुका चार खेल चोटकै कारण गुमाएका थिए ।
तर उनी सोमबारदेखि प्रशिक्षणमा फर्किएका छन् । बार्सिलोनाले मेस्सी बिनाका चार ला लिगा खेल मध्ये दुईमा मात्रै जित निकालेको छ ।
बार्सिलोनाको टिममा १६ वर्षे एन्सु फाती पनि छन् । जसले ११६ मिनेट ला लिगामा खेल्दा दुई गोल र एक गोलका लागि सहयोग गरेका छन् ।
प्रतिक्रिया