नेपाललाई पराजित गर्दै आयोजक भारतले पाचौं संस्करणको साफ यू–१५ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । कल्याणीमा शनिबार भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोल अन्तरले पराजित गरेको हो । योसँगै नेपाल तेस्रो पटक फाइनल पुगेर उपाधि जित्नबाट बञ्चित भयो । भारतले भने तेस्रो पटक उपाधि जित्न सफल रह्यो । यसअघि भारत सन् २०१३ र २०१७ मा च्याम्पियन बनेको थियो । भारतले दुबै पटक उपाधि हात पार्दा नेपाल दोस्रो भएको हो । भारतको उपाधि यात्रामा सिद्वार्थले ह्याट्रिक गरे । यस्तै, महेसन सिंह, मनन्दित माकेस, शिवजित सिंह हिमांश जंग्राले एक एक गोल गरे ।
नेपाल लिग चरणको पहिलो खेलमा समेत भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो । रोउण्ड रोविन लिगका आधारमा नेपाल र भारत फाईनल प्रवेश गरेका थिए । पहिलो पटक साफ यू–१५ को उपाधि जित्ने नेपालको सपना यसपटक समेत सफल हुन सकेन ।
प्रतिक्रिया