काठमाण्डौ । नेपाली कांग्रेसले पार्टीको अन्तरिम संरचना गठनका लागि ७४ जिल्लामा प्रतिनिधि तोकेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रजातान्त्रिक लयर्स एसोसियसन डीएलएका जिल्लास्थित प्रतिनिधिलाई संरचना गठनका लागि खटाएको हो ।
कांग्रेसले केन्द्रीय समिति बैठकमार्फत संरचना गठनका लागि निर्वाचन समितिलाई जिम्मेवारी दिएको थियो । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले अन्तरिम संरचना गठनका लागि जिल्ला पठाउन प्रतिनिधिको नाम टुंगो लगाएको र भदौ १५ गतेबाट सबै जिल्लामा काम सुरु हुने जानकारी दिनुभयो ।
अन्तरिम संरचना गठनका लागि ७४ जिल्लाका प्रतिनिधिको टुंगो लागिसकेको बताउँदै बाँकीमा पनि छिट्टै तोकिने बताउनुभयो ।
कांग्रेसले २० भदौभित्र १ सय ६५ प्रतिनिधिसभा तथा ३ सय ३० प्रदेशसभाको क्षेत्रीय कार्यसमिति समायोजन सक्ने र कात्र्तिकभित्र स्थानीय तहका समेत गरी सबै कार्यसमिति समायोजन गरी सक्ने तयारी गरेको छ ।
प्रतिक्रिया