काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने भएको हो ।
हिजोदेखि भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति तथा कार्यसमितिको समयावधि सकिएको भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा छलफल सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा हिजो बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पार्टीका भातृ संगठनबारे प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी सहमहामन्त्री डा. प्रकाशशरण महतले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
आजको बैठकमा सदस्यहरुले आआफ्नो धारणा रहख्नुहुने छ ।
प्रतिक्रिया