इंग्ल्याण्डकी लुसी ब्रोन्जले ‘युईएफए प्लेयर अफ दि वुमेन्स’को अवार्ड जितेकि छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहिबार मोनाकोमा ब्रोन्जलाई प्लेयर अफ दि इयर अवार्ड प्रदान गरेको छ ।
युरोपियन क्लब फुटबलमा गत सिजनका उत्कृष्ट खेलाडी घोषित हुँदै ब्रोन्जले अवार्ड जितेकी हुन् ।
युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा युईएफएले ब्रोन्जलाई अवार्ड दिएको हो ।
डिफेन्डर ब्रोन्ज फ्रेन्च क्लब ओलम्पिक लियोनेसबाट खेल्ने गर्छिन ।
प्रतिक्रिया