काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक ‘कम्युनिष्ट स्टेट’ बन्ने खतरा रहेको बताउनुभएको छ । सभापति देउवाले वुधवार आयोजित एक कार्यक्रममा बोल्दै वर्तमान सरकारले प्रजातन्त्रको मूलभुत सिद्धान्त मासेको आरोप लगाउनु भयो । ‘सरकारले प्रजातन्त्रको मूलभुत कुरा मास्दै भएकोछ, मुलुक कम्युनिस्ट स्टेट बन्ने खतरा रहेको उहाँले दावी गर्नुभयो । सरकार प्रजातन्त्र विरोधी, मानव अधिकार विरोधी, प्रेस स्वतन्त्रता विरोधी भएको उहाँले आरोप लगाउनु भयो ।
सभापति देउवाले गलत कार्यविरुद्ध कांग्रेसले आन्दोलन गर्दै आएको तथा नेपाली कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय नै गरेको छ बताउदै उहाँले भन्नुभयो, ‘स्थायी प्रजातन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको रक्षाको लागि फेरि लड्नु पर्ने भएको छ । आन्दोलनमा आउन म सबैलाई आग्रह गर्छु ।’
प्रतिक्रिया