देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भृकुटीमण्डपमा नाडा अटो शो, यस्ता छन् आकर्षण

देशान्तर

काठमाडौं । भदौ १० देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोेको १४ औं संस्करणमा २ पाङग्रे तथा ४ पाङग्रे सवारीका ९५ वटा ब्रान्डको सहभागिता रहेको छ । अटो मोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)को आयोजना सुरु भएको शोमा विद्युतिय सवारीसाधन प्रमुख आकर्षणको केन्द्र बनेका छन् ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिब १६० वटा स्टल र ब्लकहरु रहेका छन् । प्रर्दशनीमा अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जा, अन्तर्रा्ष्ट्रिय ब्राण्डको अटो सामग्री राखिएको छ ।

प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा पाटपूर्जा एंव ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्थाहरुको सहभागीता रहेको छ । प्रदर्शनीमा अवलोकन कर्ताको सहजताका लागि २ पाङग्रे, ४ पाङग्रे सवारी साधन, वित्तीय संस्था तथा ग्यारेज उपकरणलाई छुट्टा छुट्टै राखिएको छ ।

६ दिनसम्म चल्ने प्रदर्शनीमा ७५ हजार आगन्तुकले अवलोकन गर्ने आयोजकले जनाएका छन् । प्रदर्शनीमा आउने सर्वसाधारणका लागि २०० सय रुपैयाँ र विद्यार्थीको लागि १५० रुपैयाँ शुल्क तोकिएको छ । प्रदर्शनीमा आउने अवलोकनकर्ताले सवारी साधन पार्किङ गर्दा दुई पाङग्रेको १० र चार पाङग्रे सवारी साधनको ३० रुपैयाँ शुल्क लिने व्यवस्था मिलाइएको छ ।

नेपालमा बिक्री हुने सवारी तथा मोटरसाइकलका सतप्रतिशत ब्रान्ड मेलामा सहभागी भएको आयोजक संस्था नाडाले जनाएको छ । सवारी साधनबाहेक लुब्रिकेन्ट, टायर, एसेसरिज र बैंक तथा वित्तीय संस्था गरेर १ सय ६० वटा स्टल रहेका छन् ।

मेलामा २३ वटा ब्रान्डका चारपांग्रे सवारीसाधन, १९ वटा ब्रान्डका दुई पांग्रे सवारीसाधन, नौ वटा ब्रान्डका टायर, पाँचवटा ब्रान्डका ब्याट्री, १४ वटा ब्रान्डका पार्टपुर्जा र १३ वटा वित्तीय संस्थाहरुको स्टल राखिएका छन् ।
यसपटकको नाडा अटो शोमा बगैंचा पनि प्रयोग गरिएको छ । भव्य बनाउन बगैंचामा फुड स्टल र अटो कम्पोनेन्टको स्टल राखिएका छन् । मेला आकर्षक बनाउन पहिलोपटक ओभरहेड ब्रिज पनि बनाइएको छ ।

मेलामा जैविक इन्धनबाट चल्नेदेखि विद्युतीय र हाइब्रिड गाडी पनि प्रमुख आकर्षणका रुपमा रहेका छन् । सरकारले हाइब्रिड गाडीमा करमा छुट दिएको छ । केही कम्पनीले यसैबीचमा मेलाकै लागि भनेर त्यस्ता गाडी राखेका छन् ।

नेपाली बजारमा राम्रै व्यवसाय गरिरहेको सुजुकीका चारपांग्रे सवारीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नेपालमा पहिलोपल्ट माइल्ड हाइब्रिड कार नाडामा प्रदर्शनीमा राखेको छ । माइलेज साधारणभन्दा २० प्रतिशत बढी रहने यस्तो गाडी वातावरण मैत्री हुने तथा मूल्य पनि केही कम हुने दाबी गरिएको छ । विद्युतीय सवारीको लागि पूर्वाधार तयार नभइसकेको अवस्थामा यो सवारीले बजारमा राम्रो गर्ने कम्पनीले जनाएको छ । गाडी विद्युतीय सवारीभन्दा सस्तो पर्छ । सुजुकीले नाडा अटो शोमा एस क्रस, सियाज र एर्टिगा मोडलको कार नाडामा राखेको छ ।

निसानले किक्सलाई नै नाडामा शोकेस गरेको छ । किक्सको अपर भेरियन्ट नाडामा प्रमुख आकर्षणको रुपमा रहेको छ ।

डाट्सनले गोको टप भेरियन्ट नाडामा शोकेश गरेको छ ।

फोर्डले शोकेश गरेका सवारीहरुमा रेन्जरको एक्सएलटी अटोमेटिक, थन्डर इकोस्पोर्ट प्रमुख आकर्षण रहेका छन् । यसबाहेक फिगोको नयाँ मोडल तथा अरु सवारी पनि राखिएको छ । टोयोटाले र्याभ फोरलाई नाडामा राखेको छ ।

महिन्द्राले एक्सयूभी ३०० फेरि लन्च गरेको छ । यो सवारी महिन्द्रा उदयमा शोकेस गरिएको थियो भने नाडामा यसको बुकिङ तथा बिक्री खुला गरिएको छ ।

कियाका स्पोर्टेज, नयाँ ईभी निरो मुख्य आकर्षणका रुपमा रहेका छन् । जिप कम्पासको नयाँ भेरियन्ट ट्रेल हक पनि नाडामा देख्न सकिने छ ।

दुईपांग्रेतर्फ रोयल एनफिल्डले भर्खरै लन्च गरेको गनमेटल ग्रे ३५० शोकेस गरेको छ । पियाजोका स्टोर्म १२५ हाइलाइटका रुपमा रहेको छ । एप्रिलिया डिजिटल १५० सीसी पनि नाडामा किन्न पाइनेछ ।

हिरोले नाडालाई लक्षित गरेर एक्सपल्स २०० टी ल्याएको छ । यामाहाको नयाँ मोटरसाइकल एमटी १५ तथा स्कुटर एनम्याक्स १५५ मुख्य आकर्षणको रुपमा रहेको छ । टीभीएसले आरआर ३१० मोटरसाइकल, एनटर्क स्कुटर, जुपिटर क्लासिक स्कुटर तथा आरटीआर १५० र आरटीआर २०० नाडामा राखेको छ ।