काठमाडौं । एसिसि एसिया कपको तयारीमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले भोलि बिहिबार दोस्रो अभ्यास खेल खेल्दैछ । पहिलो अभ्यास खेलमा एसएससी यू–२३ क्रिकेट क्लबसँग हार ब्यहोरेको नेपाली टोली दोस्रो अभ्यास खेलमा बडुरलिया सिसिसँग खेल्नेछ ।
यसअघि हिजो नेपाल अन्तिम बलमा क्याच छोड्दा ३ विकेटले पराजित भएको थियो । नेपालले दिएको २ सय ४१ रनको लक्ष्य एसएससीले ४२ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । एक सातापछि श्रीलंकामा हुने एसिया कपको लागि नेपाल दुई अभ्यास खेल खेल्ने लक्ष्यसहित गत ७ गते श्रीलंका पुगेको छ ।
एसिया कप यहि १९ गतेदेखि २८ गतेसम्म सम्म चल्नेछ । नेपाल समूह बी मा छ । नेपाल रहेको समूहमा टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएई छन् । समूह ए मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । समूहका शीर्ष दुई–दुई टोली अन्तिम चारमा पुग्नेछन् ।
प्रतिक्रिया