देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका तीनवटा प्रदेशमा ८२० महाधिवेशन प्रतिनिधि प्रशिक्षित

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणको प्रशिक्षण कार्यक्रमअन्तर्गत आठ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षित गरेको छ । प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणअन्तर्गत तीनवटा प्रदेशका आठ सय २० महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिएको हो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले साउन ३१ गतेबाट सुरु भएको पहिलो चरणअन्तर्गत गण्डकी, कर्णाली र ५ नम्बर प्रदेशमा सञ्चालित प्रशिक्षण कार्यक्रममा आठ सय २० महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको जानकारी दिए ।
उनका अनुसार कास्कीको पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा दुई सय ६०, सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा एक सय ६० र रुपन्देही भैरहवाको सम्पन्न ५ नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा चार सय महाधिवेशन प्रतिनिधिहरु सहभागी थिए ।

प्रतिष्ठानले साउन ३१ र ३२ गते कास्कीको पोखरामा गण्डकी प्रदेशस्तरीय, भदौ २ र ३ गते रुपन्देहीको भैरहवामा प्रदेश ५ नम्बरस्तरीय र भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।