पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छ्न् । मन्त्री बनेपछि उनी पहिलोपटक पोखरा आएका हुन् ।
बुधबार बिहान उनले विमानस्थलको भौतिक र वित्तीय प्रगतिको बारेमा बुझेपछि विमानस्थलको फिल्ड निरीक्षण गरे । निरीक्षणपश्चात् मन्त्री भट्टराईले राष्ट्रिय गौरवको आयोजनामा ढिलाइ नगर्न निर्देशन दिए । सन् २०२२ सम्मको सम्झौता भए पनि ६ महिनाअगावै काम सकिने दाबी आयोजनाको छ ।
प्रतिक्रिया