देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भ्रातृसंस्थाबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

देशान्तर

काठमाडौं । भ्रातृसंस्थाबारे छलफल गर्न नेपालि कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसको केन्द्रीय समितिको बैठक असार तेस्रो सातादेखि जारी छ । १४ औं महाधिवेशन र अन्तरिम संरचना गठनसहितका मुख्य एजेण्डामा छलफल सकेको कांग्रेसले बुधबारको बैठकबाट दोस्रो चरणको राष्ट्रिय जागरण अभियान, एकतामा आएको विजयकुमार गच्छदार समूहलाई जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि छलफल थाल्ने तयारी गरेको छ ।

महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएको छ । समय सकिएपछि ती सबै निष्कृय छन् । सुसुप्त भएका नेविसंघलगायतका भ्रातृसंस्थालाई पुनर्जीवन दिने तयारी कांग्रेसको छ ।

कांग्रेसको नर्सरी भनिने नेविसंघ गत माघ महिनादेखि नेतृत्वविहीन छ । सबैभन्दा बढी विवाद रहेको नेविसंघको नेतृत्व तोक्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवा आफैंले लिएका छन् । सभापति देउवा केन्द्रीय समितिको बैठकलगत्तै नेविसंघको नेतृत्व तोक्ने तयारीमा रहेको उनी निकट स्रोतले बताएको छ ।