प्नधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्त गर्ने विषयमा अनिर्णित बनेको छ ।
मंगलवार साँझ ५ बजेदेखि बसेको सर्वदलीय बैठक करीब ३ घण्टा चलेको थियो ।
‘आजको बैठकमा मुख्य रूपमा राजनीतिक विषयमा छलफल भयो,’ बैठक सकिएपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भने, ‘पार्लियामेन्टका विषयमा पनि छलफल भयो । तर सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा भोलि बस्ने बैठकले निर्णय लिनेछ ।’
सिटौलाले प्रधानमन्त्रीले पहिलोपटक बोलाएको सर्वदलीय बैठक सकारात्मक भएको प्रतिक्रिया दिए ।
प्रतिक्रिया