काठमाडौं । भारतको महाराष्ट्र राज्यको धुले जिल्लामा आइतबार राति बस र ट्रक एकआपसमा ठोक्किँदा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा ३५ जना भन्दा बढी घाइते भएका छन् । महाराष्ट्र राज्यले सञ्चालन गरेको बस औरङ्गावादबाट शहादा जाँदै गर्दा ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नीमगुल गाउँ नजिक दुर्घटना भएको हो । दुर्घटनापछि ठक्करको तीव्रताका कारण ट्रक पल्टिएको र नराम्रोसँग क्षतिग्रस्त भएको थियो ।
त्यसैगरी बस र ट्रक ठोक्किँदा बसका केही भाग पनि क्षतिग्रस्त भएका छन् । बसका चालकको घटनास्थलमा नै ज्यान गएको छ । बसमा कति जना सवार थिए भन्ने बारेमा थाहा भैसकेको छैन । घाइतेहरुलाई अस्पताल लगिएको छ । दुर्घटनाको स्थिति हेर्दा मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया