काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव पछि आफूलाई पदमा बस्न मन नभएको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै ओलीले दुनियामा कोही कसैको पद पनि स्थायी नरहने भन्दै उनले आगामी चुनावपछि आफूलाई पनि बस्न मन नभएको बताए ।
केहीले प्रधानमन्त्री लगलग÷लगलग कामिरहेका छन् अब जाने भो भनेर भनेको सुन्दै उनले भने पद नगएको मान्छे दुनियामा कोही देखेको छैन मैले । राजा महाराजा हर कोहीको पद गएको छ, त्यसैले आगामी चुनावपछि मलाई पनि बस्न मन छैन । यो कार्यकालमा सरकारलाई कसैले केही गर्न नसक्ने भन्दै उनले विरोधीहरुलाई अर्को चुनावसम्म धैर्य गर्न पनि आग्रह गरे ।
प्रतिक्रिया